‘धार्मिक पहिचान मासेर लादिएको संविधान चाहिँदैन’– महासचिव भण्डारी
काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले संविधान दिवस बहिष्कार गर्दै असोज ३ लाई ‘कालो दिन’का रुपमा मनाएको छ ।
महासंघकी महासचिव अस्मिता भण्डारीले गरेको आह्वान बमोजिम महासंघका सम्पूर्ण तहले असोज ३ बहिष्कार गरेको हो । ८४ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवारका मानिसहरुको बसोबास रहेको विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्नेहरु माफियोग्य नभएको महासचिव भण्डारीको भनाइ छ । उनले भनिन्, ‘नेपालको संविधान नेपालीका लागि, नेपालीले नै लेख्नु पथ्र्यो । यो त विधर्मीहरुहरुको योजनामा लादिएको संविधान हो । यो संविधान मान्नु भनेको आफ्नो धर्म, संस्कृति र परम्परालाई तिलाञ्जलि दिनु सरह हुनेछ ।’
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिले नेपाल पुनः हिन्दु अधिराज्य भएको दिन दीपावली गरी हर्षोल्लासपूर्वक मनाइने जानकारी दिएको छ ।