अब प्रधानसेनापति पत्नीलाई ‘रानीसाहे’ब’ भन्न नपर्ने, ‘म्याडम’ भन्दा हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आयोजित बिम्सटेक सम्मेलनमा गरेको घोषणाबमाजिम सेप्टेम्बर १० देखि पुणेमा सम्पन्न संयुक्त सैन्य अभ्यासमा नेपालको संक्रिय सहभागितासम्बन्धी निर्णय रद्द गरिएसँगै नेपालमा केही विदेशी सैनिकलाई दिइँदै आएको तालिम अस्ति सोमबार सकिएको छ ।
सन् १९७४को खम्पा विद्रोहताका नै चीनसँग लड्नका लागि तिब्बती विद्रोहीहरुले कस्तो राम्रो ठाउँ छानेका रहेछन भने, ११ हजार पाँच सय फिट अग्लो जमिनमा भव्य क्याम्प । त्यही नेपाली सेनाको पहाडी गुरिल्ला युद्धसम्बन्धी तालिमक केन्द्र छ । जहाँ विदेशीसहित दुई दर्जनसम्मलाई दुई महिना लगातार तालिम दिने प्रचलन थियो । त्यही प्रयोजनका लागि विभिन्न देशबाट आएका सैनिकहरु घर फर्कने चरणमा पुगेका छन् । पोखराबाट हिँडाएर विदेशी तालिमेलाई त्यहाँ लगिन्छ । बाटोभरि अल्टिच्युडमा अभ्यस्त बनाउँदै पुर्याउने क्रममा उनीहरु जोमसोमाथिको कैसाङबाट हिजोदेखि तल झर्न लागेका छन् ।
उता, नयाँ आउने प्रधानसेनापतिले शुरुशुरुमा निक्कै जोश–जाँगरका साथ अनेकन योजना ल्याउने चलन पुरानै हो । त्यही परम्परामा क्रमभंग गर्दै पूर्णचन्द्र थापाले पनि केही न केही गर्ने छाँट देखाएका छन् । जस्तो कि, यसअघि भएभरका जर्नेल पत्नीलाई सबैले ‘रानीसा’ब’ भन्नै पर्ने चलन थियो । तर, अबदेखि सबैलाई म्याडम मात्रै भन्न निर्देशन दिइएको छ ।
जनआस्था साप्ताहिक (असोज ३, २०७५ )बाट