News

जलेश्वरको नैन्ही गाउँमा झाडापखाला 

जलेश्वरको नैन्ही गाउँमा झाडापखाला 

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । 

 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ । 

 

जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताए । ‘केही बिरामी सिकिस्त छन्’, उनले भने । सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । ‘चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ’, डा. झाले भने । 
 

झाडापखाला जलेश्वर

विशेष