News

कार्यालयलाई सधैं सफा राख्न मुख्यमन्त्री राउतको निर्देशन

कार्यालयलाई सधैं सफा राख्न मुख्यमन्त्री राउतको निर्देशन

धनुषा ।  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारी कार्यालय सफा राख्न निर्देशन दिएका छन् ।

 

बिहीबार जनकपुरधामस्थित मालपोत कार्यालय धनुषाको निरीक्षण गर्दै उनले सम्पूर्ण कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।  साथै, मुख्यमन्त्री राउतले मालपोत कार्यालयको निरीक्षण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । 

 

 

सो अवसरमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर सहज र छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिदैं सेवाग्राहीको गुनासो सुन्ने र त्यसलाई तत्काल सम्बोद्धन गर्नेतर्फ पहल गर्नुपर्नेमा जोड दिए ।

 

 

यस्तै, मुख्यमन्त्री राउतले कार्यालयभित्र देखिएका समस्यालाई तत्काल सुधार गरी सेवा प्रवाहमा तीव्रता ल्याउन पनि उनले निर्देशन दिए । 

 

 

मालपोत कार्यालयका निमित्त प्रमुख मो इजहाराले कार्यालयको कार्यसम्पादन, सेवाग्राहीको समस्या र त्यसको समाधानका उपायकाबारे मुख्यमन्त्री राउतलाई जानकारी गराए ।

 

 

मुख्यमन्त्री राउत मालपोत कार्यालयमा आउनुभएको थाहा पाएपछिसेवाग्राहीको भिड लागेको थियो । 

 

 

मालपोत कार्यालयमा हुने गरेको ढिलासुस्ती र अनियमितताका बारेमा ध्यानाकर्षण गराउँदै सेवाग्राहीले कार्यालयको कामकारवाहीमा तदारुकता ल्याउन पहलका लागि मुख्यमन्त्रीसँग आग्रह गरे ।

मुख्यमन्त्री लालबाबु राउत जनकपुरधाम धनुषा मालपोत कार्यालय

विशेष