पर्यटक बनाएर खाडी पठाउने गिराेह सक्रिय
काठमाडाैं । दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा 'लो प्रोफाईल' भन्ने टिप्पणीसमते लेखिदियो ।
उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालाइ एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शंका बढेको छ ।
पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए ।
विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके ।
कान्तिपुर दैनिकबाट ।