पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरेबीया र यूएई भ्रमणमा
अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी आएका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई पुगेका हुन् ।
प्रधानमन्त्री खानलाई विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गरे। प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्दै छन् ।
यसअघि बुधबार नै प्रधानमन्त्री खानले साउदी अरबीयाका राजा सल्मान र राजकुमार मोहम्मद बीन सल्मानसँग रियादमा भेटवार्ता गरेका थिए । भेटका अवसरमा क्षेत्रीय र द्विपक्षीय सरोकारका साथै आर्थिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठनका महासचिवसँग साउदी अरबमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग विदेशमन्त्री शाह महमूद कुरेसी, विदेशमन्त्री तहमीना जान्जुआ र साउदी अरेबीयास्थित पाकिस्तानी कुटनीतिज्ञहरुको सहभागिता थियो । -एजेन्सी
यूएई प्रधानमन्त्री इमरान खान