विदेश मुख्य समाचार

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फर्किए

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फर्किए

काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए ।  

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो ।

 

 राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे । 

 

राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्याल तथा शिष्टाचार महापाल दीपक अधिकारीलगायतले श्रीलङ्काली राष्ट्रपतिलाई बिदाई गरेका थिए । । 
 

बिम्स्टेक श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना सद्भावना भ्रमण

विशेष