विदेश

परिवारका सदस्यको हत्या गरेको अभियोगमा एक वर्षपछि मृत्युदण्ड

परिवारका सदस्यको हत्या गरेको अभियोगमा एक वर्षपछि मृत्युदण्ड

हान्झाउ । सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ । 

 

सुसारेलाई दिइएको मृत्युदण्डका बारेमा चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकन समेत गरेको स्थानीय अदालतले जनाएको छ । मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरुलाई भेटघाटको अवसर दिइएको थियो ।

 

अदालतको आदेशमा भनिएको छ, “सुसारेको नियत बीभत्स, अति विद्वेषपूर्ण र खतरनाक देखियो । अपराधको दुष्परिणाम गम्भीर मात्र होइन सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।” 

 

पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरेपनि अपराधको प्रकृति र क्रुरताले उनलाई उन्मूक्ति दिने सम्भावना कमै थियो, अदालतको भनाइ छ । “प्रमाणहरु यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।” जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरयासी काम गर्न थालेको बताइएको छ ।
 

विशेष