News प्रवास

अमेरिकामा पनि धूमधामका साथ संविधान दिवस मनायो 

अमेरिकामा पनि धूमधामका साथ संविधान दिवस मनायो 

लङआइल्याण्ड ।  अमेरिकामा पनि संविधान दिवस मनाइएको छ । बिहीबार न्यूयोर्क राज्यको लङआइल्याण्डका  समाजसेवी अर्जुनप्रसाद मैनालीको पहल तथा लङआइल्याण्ड नेपाली समाजको आयोजनामा दिवस मनाइएको हो । 

 


लामो संघर्षपछि नेपालले संविधान प्राप्त गरेकाले अमेरिकामा पनि धूमधामकासाथ मनाइएको नेपाली समाजले जनाएको छ । बिहीबार त्यहाँ बसोबास गर्ने नेपालीहरुले एकआपसमा खुसी साट्दै शुभकामना आदान प्रदान गरेर संविधान दिवस बनाएका छन् । 

 


लङआइल्याण्ड नेपाली समाजका महासचिव राजन गौलीको निबास हिक्सभिलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष टिकाराज ढकाल,  एन आरएन न्युयोर्क च्याप्टरका महासचिव महेश खड्का, नेपाली जनसम्पर्क  समिति  लङआइल्याण्ड च्याप्टरका सभापति  बिश्व राज वास्तोला, उपसभापति बिनोद थापा, समाजका सचिव संखनारायन प्रजापति, सदस्य सोभा पोखरेल श्रेष्ठ, जनसम्पर्क  समिति अमेरिकाका सकृय  सदस्य सुरेन सापकोटा लगायतको उपस्थिती थियो ।

 

यस्तै, स्थानीय रविन संग्रौला, केदार कट्टेल, आसिका दाहाल, तारा मैनाली, सबु सापकोटा, लक्ष्मी बाँस्तोलाको पनि सो कार्यक्रममा सहभागिता रहेको थियो । 

 

 

अनौपचारिक रुपमा समसामयिक छलफलबाट सुरु भएको उक्त कार्यक्रममा समाजका अगुवाहरुले नेपालको संविधानलाई अन्य देशको तुलामा उत्कृष्ट रहेको बताए । नेपालको संबिधान प्रजातान्त्रिक, सार्बभौम भएको कार्यक्रमा बोल्ने व्यक्तिहरुको भनाई थियो ।  

 

 

समाजका महासचिव राजन गौलीले  सञ्चालन गरेको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै समाजका अध्यक्ष ढकालले समापन गरेका थिए । 

अमेरिका संविधान दिवस लङआइल्याण्ड

विशेष