शिक्षिका नै चरेश तस्करीमा संग्लन !

बझाङ । बझाङको मष्टा गाँउपालिकाको खिकालामा बरामद भएको चरेशमा त्यहाँकी एक शिक्षिकाको नै संग्लनता भएको खुलासा भएको छ ।
पक्राउ परेका शिक्षिका र एक जना यूवासंग प्रहरीले सोधपुछ गर्दा शिक्षिका हस्ता पुरिको प्रमुख हात भएको खुलेको हो । शुक्रबार यस घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिदा मष्टा गाँउपालिका २ मा रहेको गौरी शंकर प्राबि की राहत कोटामा कार्यरत जयपृथ्बी नगरपालिका १० चैनपुर घर भएकी हस्ता पुरीले नै खरिद गरेर ढुवानी गराएको बुझीएको छ ।
‘बिगत दश बर्ष देखि गौरिशंकर प्राबिमा कार्यरत शिक्षिका हस्ता पुरि यस अगाडी पनि यस्तो कारोवार गर्दै आएकी रहिछन्’ प्रहरी नायब उपरिक्षक प्रबिण धितालले भने, ‘उनले स्थानीयहरुबाट खरिद गरेर १८ किलो चरेश जम्मा गरेकी रहिछन् ।’ पत्रकार सम्मेलनमा १८ किलो ग्रामका पोका बनाएर दुई वटा झोलामा चरेश भेटाएको जानकारी प्रहरीले गराएको थियो ।
एउटा झोला बोक्ने मष्टा गाँउपालिका २ का २० बर्षका दिपक बुढा प्रहरी नियन्त्रणमा छन् भने अर्को झोला बोक्ने एक जना पुरुष र एक जना महिला फरार रहेका पनि प्रहरीले बताएको छ । चरेशको भारीसंगै आएका अन्य दुई जनाको खोजी कार्य भई रहेको पनि प्रहरीले जनाएको छ ।
शिक्षिका पुरीका पहिलेका श्रीमानको मृत्यू भईसकेको भएपनि उनले अर्को बिहे जडिबुटीको कारोवार गर्ने ठेकेदारसंग गरेकी थिईन । उनका श्रीमान् पनि यस्तो अबैध कारोबार गर्ने हुँदा हस्ताले बझाङबाट पठाउने र उनका श्रीमान्ले भारत पठाउने गरेको मष्टाका स्थानीयको भनाई छ ।
शिक्षिका पुरीले आफू कार्यरत बिद्यालयमा आफ्नो सट्टामा खेताला शिक्षक राखेको पनि बुझिएको छ । जिल्लामा यसरी चरेश कारोवारोमा महिला संग्लनता भएको यो पहिलो घटना हो ।
बझाङ चरेश शिक्षीका