News

सर्पको डसाइबाट सर्लाहीमा २ जना भारतीयको मृत्यु

सर्पको डसाइबाट सर्लाहीमा २ जना भारतीयको मृत्यु

सर्लाही, असोज ५ । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । 

 

 

गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

 


धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए । सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पको डसाइका बिरामी आउने गरेको पनि उनले बताए ।

भारतीय नागरिक विषालु सर्प

विशेष