वडा अध्यक्ष अर्काकी श्रीमतिसहित होटलबाट पक्राउ !

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि महिलाको कोठाबाट पक्राउ परेका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड होटलको कोठाबाट एक महिलासहित पक्राउ परेका हुन् ।
आइतबार दिउँसो महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।
प्रहरीले केहि समय अघिमात्रै पक्राउ गरेको र त्यसबारेमा थप जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने एसपी रेग्मी बताए ।
बागलुङ कृष्ण गुरुङ बडिगाड गाउँपालिका