News

लेलिन प्रकरणः गृह मन्त्रालयका नाममा सर्वोच्चको कारण देखाउ आदेश

लेलिन प्रकरणः गृह मन्त्रालयका नाममा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । आफूलाई विदेश जान रोक लगाइएको भन्दै सरकारविरुद्ध अदालत पुगेका तत्कालीन नेकपा माओवादीका बालसेना लेलिन बिस्टको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । 

 

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले आइतवार गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 


सर्वोच्चले बिस्टलाई विदेश जानबाट रोक्नुको कारण पेश गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको हो । एक कार्यक्रममा सहभागी हुन भनेर गत शुक्रवार थाइल्याण्ड जान लागेका बिस्टलाई अध्यागमन विभागले त्रिभुवन विमास्थलबाट फिर्ता पठाएको थियो । 

सर्वोच्च अदालत गृह मन्त्रालय लेलिन बिस्ट

विशेष