News प्रदेश ७

घूस लिने भन्सारका नासुविरुद्ध मुद्दा दायर

घूस लिने भन्सारका नासुविरुद्ध मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

भारतबाट व्यापारिक प्रयोजनका लागि आयात भएको मालवस्तुको चाँज प्रक्रियामा सहजीकरण गरिदिने भन्दै १० हजार रुपैयाँ घूस लिएको अभियोग लागेको छ । नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले केही दिन पहिले घूस लिँदालिँदै पक्राउ गरेको थियो ।

 

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै राष्ट्रिय वाणिज्य बैँक इनरुवामा कार्यरत वरिष्ठ सहायक मणिप्रसाद निरौला, गुल्मीको त्रिभुवन माविका कार्यरत शिक्षिका भगवती निरौलाविरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

घूस नासुविरुद्ध मुद्दा दायर

विशेष