News कला साहित्य

भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुर ।  भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्वको परम्परागत इन्द्रजात्रा सुरु भएको छ । इन्द्रजात्राको अवसरमा शुक्रबार टोलटोलमा इन्द्रको मूर्तिस्वरूप सानो लिंगो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा ठड्याइएको लिंगोलाई नेवारी भाषामा यमः द्यो भनिन्छ । 

 

देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच संग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ । धार्मिक विभिअनुरूप पूजाआजासहित भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सूर्यमारी, खौमा, इताछेंलगायत स्थानमा यमःद्यो ठड्याइएको छ । भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ ।

इन्द्रजात्रा

विशेष