विदेश

अत्यधिक वर्षाका कारण दिल्लीमा डुबान

अत्यधिक वर्षाका कारण दिल्लीमा डुबान

नयाँ दिल्ली । भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायात बन्द हुनुकासाथै दैनिक जनजीवन कष्टकर बनेको छ । 

 

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्तीहरूसमेत डुवानमा परेका छन् । डुवानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ ।

 

 डुवानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ । 

 

आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ । बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ । 

 

शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए । -एजेन्सी

नयाँ दिल्ली भारत घनघोर बर्षा

विशेष