जिप दुर्घटनामा परी नौ जना घाइते

काठमाण्डौं । कर्णाली राजमार्गको दैलेख खण्डमा जिप दुर्घटना भएको छ । बुलबुले यातायात प्रालीको भे १ ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका-१ डाबमा दुर्घटना भएको हो ।
जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सवार १० जनामध्ये ९ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार बिहान २ः३० बजे जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो ।
कर्णाली राजमार्ग जिप दुर्घटना