News

गाउँसम्म पार्टी एकीकरण छिटो हुनुपर्‍यो, काम गर्न गाह्रो भयो– अध्यक्ष दाहाल

गाउँसम्म पार्टी एकीकरण छिटो हुनुपर्‍यो, काम गर्न गाह्रो भयो– अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताएका छन् । 

 

 

अध्यक्ष चयन भएपछि शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताए । पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उनको भनाइ थियो । 

 


पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उनले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी एकीकरण नारायण दाहाल

विशेष