लाखौं रुपैयाँसहित १२ जुवाडे पक्राउ

दाङ । झण्डै तीन लाख रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय दाङले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट २ लाख ८९ हजार एक सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ कपासीमा अवैध जुवा खेलिरहेका उनीहरुलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको हो ।
जुवाडे दाङ