News

महिला संघले हिंसाको विरोधमा आन्दोलन गर्ने

महिला संघले हिंसाको विरोधमा आन्दोलन गर्ने

काठमाडौं । नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । 

 

 

संघले शनिबार पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (भोलि) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । 

 

 

सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले आइतबार देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनबुझाउन लागेको बताए । 

 

 

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला संघले निरन्तर आन्दोलन गर्ने बताए ।

नेपाल महिला संघ महिला हिंसाको विरोध

विशेष