News

गाउँपालिकाभरि होमस्टे !

गाउँपालिकाभरि होमस्टे !

बेशीशहर, ७ असोज । लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।

 

 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा १३ गाउँमा होमस्टे सञ्चालन गर्ने तयारी अनुसार हालसम्म आठ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । 

 

 

अन्य गाउँमा होमस्टे सञ्चालनको तयारीका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । ‘होमस्टे सञ्चालनका लागि पूर्वाधार तयार गरिँदै छ ।

 

 

मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरा, ३ को सिउरुङ र ढगैं, ४ को छापा र मिप्रा, ५ को खानीगाउँ, ८ को भुष्मे र ९ को भलामचौरमा होमस्टे सञ्चालन गरिएको छ ।

 

 

यी गाउँका ७० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ । वडा नं ४ को कालाघिरिङ, ५ को सञ्जापु, ६ को भीरपुस्तुन, ७ को उस्ता र नयाँगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको गुरुङले बताए । उक्त गाउँमा होमस्टेका लागि संरचना निर्माणसँगै, सरसफाइ, गाउँसम्म पुग्ने सडक तथा गोरेटो निर्माण गरिएको छ ।

होमस्टे लमजुङ

विशेष