News

दुर्घटनामा परी नायब सुब्बाको निधन

दुर्घटनामा परी नायब सुब्बाको निधन

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । 

 

 

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आइतबार बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

 

 

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।

 

 

क्रेनको ठक्करबाट कोइराला चढ्नुभएको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् । 

चुलाचुली गाउँपालिका इलाम नायब सुब्बा जगत कोइराला

विशेष