News प्रदेश ७

२५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

२५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

धनगढी । कैलालीमा अबैध तरिकाले नेपाल भित्राउन लागिएको ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामत भएको छ । शसस्त्र प्रहरीले जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट २५ लाख भारतीय रुपैयाँ बरामत गरिएको हो । 

 

 

सो मरिमाणको रुपैयाँसहित जिल्लाको लम्की चुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको छ । आलुको बोरामा भारतीय रुपैयाँ ल्याउदै गर्दा उनलाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले जानकारी दिए।

 

 

पक्राउ गरेका व्यक्तिको से. ४ प ६७६० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतीय रुपैयाँँ शसस्त्र प्रहरी

विशेष