पोखरामा बस दुर्घटना, ८ जना घाइते

कास्की । पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काहुडाँडाबाट पोखरातर्फ छुटेको ग १ ख ६०९८ नम्बरको बस आइतबार बिहान पोखरा ११ काहुडाँडामा अनियन्त्रित भइ पल्टिँदा आठजना घाइते भएका हुन् ।
घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
पोखरा बस दुर्घटना आठजना घाइते