टिकापुरमा बन्चरो प्रहार गरि बुबाले गरे छोराको हत्या
टिकापुर । कैलालीको टिकापुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका-८ कालिमाटीका स्थानीय ७५ वर्षीय पहले लुहारले आफ्नै ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरि हत्या हत्या गरेका हुन् ।
घटना शनिबार राती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक (डीएसपी) हरि वलीले जानकारी दिए । समान्य घरायसी विवादका कारण बाबुले बञ्चरो प्रहार छोराको हत्या गरेका प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते कृतबहादुरलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो ।
लुहारको उपचारकै क्रममा राति नै ज्यान गएको डीएसपी वेलीले बताए । हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या टिकापुर