News

ढलान गरेको २२ दिनमै भत्कियो सडक !

ढलान गरेको २२ दिनमै भत्कियो सडक !

काठमाडौं । सडक ढलान गरेको २२ दिनमै सडक भत्किएकाे खबर सुन्दा अलि अचम्म लाग्न सक्छ । तर यो घटना यर्थाथ हो । गोकर्णेश्वर नगरपालिका-८ स्थित एउटा सडक २२ दिनमै भत्किएको हो ।

 

 

असारको झरीमा ढलान गरिएको सडक उक्त सडक अहिले भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । सो नगरपालिका-८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो । 

 

केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान गार्यो । 

 

 

असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आउनुभएका माया तामाङले बताए । 

 

 

नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढुंगानाले बताए । 

 

 

बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे । गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो । 

गोकर्णेश्वर नगरपालिका सडक भत्कियो

विशेष