विदेश

विस्फोटमा परी दुई बालकको मृत्यु

विस्फोटमा परी दुई बालकको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ । 

 

प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको एक गाउँमा सोमबार साँझ सो विस्फोटन भएको प्रान्तीय प्रहरी प्रवक्ता नकिबुल्लाह अमिनीले सिन्ह्वा समाचार समितिलाई बताए । आक्रमणमा मारिनेहरुमा ११ र १३ वर्षका बालबालिका छन् । 

 

सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी बारुदी सुरुङ र सडकको किनारमा बम आक्रमण इस्लामिक स्टेट्स र तालिबान आतङ्ककारीहरुले बारम्बार गर्दै आएका छन, र कतिपय अवस्थामा सर्वसाधारण पनि हताहत हुने गरेको पाइन्छ । गत शुक्रबार फर्याब प्रान्तमा भएको यस्तै आक्रमणमा परी आठ बालबालिकाको मृत्यु भएको थियो ।

अफगानिस्तान दुई बालकको मृत्यु पश्चिमी प्रान्त बादघिस बारुदी सुरुङ विस्फोट

विशेष