विदेश

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान मारिए

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतंककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ । 

 

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (युएनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन् । 

 

सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतंककारीविरुद्ध सो कारबाही गरेका थिए । यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ । यो हवाई कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन । 

 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा १ हजार ६ सय ९० सर्वसाधारण मारिएका छन् भने अन्य ३ हजार ४ सय ३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यसमध्ये १४९ सर्वसाधारण आतंककारीलक्षित हवाई कारबाहीमा मारिएका छन् । अन्य २ सय ०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । 

आतंककारीविरुद्ध भएका हवाई कारबाही अफगानिस्तानको पूर्वी प्रान्त १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु

विशेष