बेल्जियमकी बडामहारानी पाउला भेनिस भ्रमणका क्रममा हृदयघात
ब्रसेल्स । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।
गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।
बडामहारानी पाउलालाई यसअघि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका थिए । सेप्टेम्बर २०१५ मा पनि उनलाई मुटुमा समस्या देखिएपछि पूर्ण विश्राममा राखिएको थियो ।
इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी थिइन् । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए ।