विदेश

यसकारण चिनियाँसँग विवाह गर्न मान्दैनन् भारतीय महिला

यसकारण चिनियाँसँग विवाह गर्न मान्दैनन् भारतीय महिला

नयाँ दिल्ल्ली । हिजोआज चीनको इनटरनेटमा एउटा प्रश्न लगातार उठिरहेको छ । त्यो प्रश्न हो ‘भारतीय महिला चिनियाँ पुरुषसँग विवाह किन गर्दैनन् ?’

 

सबभन्दा पहिला यो प्रश्नबारे चिनियाँ वेबसाइइट झिहुमा वषैंसम्म बहस भएको थियो । यो प्रश्नबारे करिब १२ लाख मानिसले आफ्नो आफ्नो विचार राखिसकेका छन् । दुवै देशमा विवाह एक महत्वपूर्ण मुद्धा हो । दुई देशबीच लिंगानुपातमा फरकपना देखिएको कारण यो मामला अझै बढी पेचिलो हुँदै गएको पाइन्छ । 

 

चीनमा महिलाको तुलनामा ३४ लाख बढी पुरुष छन् । जसको कारण चीनमा ‘वान चाइल्ड पलिसी’ रहेको छ । यसलाई सन् २०१५ मा बन्द पनि गरियो । 

 

तर भारतमा महिलाको कुल संख्यामा ३७ लाख बढी पुरुष नै छन् । भारतमा दाइजो लिनदिने काममा सरकारले रोक लगाउँदा पनि केटी पक्षका बाबुआमा  गहना र बाँकी सामान केटाको परिवारलाई दिने गर्छन् । तर, चीनमा ठ्याक्कै यसको उल्टो चलन छ । त्यहाँ बेहुुलीकोे परिवारसँग बेहुलापक्षले महंगो भेट गर्ने चलन छ । 

 

चीनको एक वेबसाइटमा लेखिएअनुसार, चीनमा इन्गेजमेन्टको लागि मात्र एक लाख युआन यानी करिब दश लाख रुपैयाँ उपहारको नाममा दिइने गरिन्छ । वेबसाइइटमा कसैले लेखेका छन्, ‘यो कुुनै पनि भारतीय किसानको १० वर्षको कमाइ हो । आफ्नोे छोरीको विवाहको लागि ठूलो रकम खर्च गर्नुको साटो भारतीय परिवार चीनमा छोरीको विवाह गराएर मोटो रकमको कमाई गर्न सक्छन् ।’

 

उक्त वेबसाइटमा लेखिएअनुसार, चीनको गाउँ भारत भन्दा धेरै सुन्दर छ र कोही केटीको विवाह चिनको शहरी नगरबाट भयो भने यो फरक झनै धेरै बढ्दै जान्छ । त्यसकारण यस मामलामा उत्सुक्ता बढ्दै गएको देखिन्छ । चिनियाँ केटाहरुले भियतनाम, बर्मा र युक्रेनका केटी  सँग विवाह गरिरहेका छन् तर उनीहरु भारतीय केटीसँग विवाह गर्न मान्दैनन् ।

 

दुवै देशबीच सांस्कृतिक सम्बन्ध भएपनि भारतीय केटी र चिनीयाँ केटाको जोडी कमै मात्र  देखिन्छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सको अनुुसार, चीनको म्यासेजिङ एप वीच्याटको २०० जोडीहरुमध्येमा जम्मा एकमात्र जाडी  त्यस्तो थियो जहाँ केटी भारतीय र केटा चिनीयाँ थिए । 

 

वेबसाइइटको कमेन्ट सेक्सनमा दाइजो प्रथाबारे जमेर बहस भएको छ । कोही मानिसहरू भारतमाा लिंगगानुपातको स्थिती चीनमा भन्दा पनि बढी भएको चर्चा गर्छन् । एक प्रयोगकर्ताले लेखेका छन् कि, कयौं भारतीय पुरुष चिन र हंगकंगमा काम गर्छन् तर त्यहाँ भारतीय महलिाको संख्या बराबर छैन । यसको विपरित अफ्रिकामा धेरै चिनीयाँ काम गर्छन् जसको कारण उनीहरुमध्ये कयौं अफ्रिकी केटी विवाह गरिरहेका छन् ।’

 

अर्का युजर लेख्छन्, ‘भारतीय महिलामाथि पारिवारिक मूल्य मान्यताको बोझ हुन्छ । साथै भारतीय पुरुष पनि एकदम स्मार्ट हुन्छन् । उनीहरुको अघि चिनीयाँ पुरुषहरुको केही पनि चल्दैन ।’

 

केही मानिसहरुले त यो पनि भनेका छन् की, भारतीयहरु आफ्नो छोरीको विवाह चिनी पुरुषहरु को तुलनामा गोरेहरुसँग बढी गराउन चाहन्छन् । 

बीबीसी हिन्दीबाट
 

चिनियाँ

विशेष