मेयर शाक्य जस्तै भद्रगाेल छ काठमाडाैं महानगर पनि
काठमाडाैं । काठमाडौं महानगरपालिकाको एउटै विभागमा चार हाकिम खटाइएको छ।
कामपाको सामाजिक विकास विभागमा एक विभागीय प्रमुख भए पनि उही दर्जाका चार निर्देशक खटाइएको हो। निर्देशक नूरनिधि न्यौपानेले प्रमुख पदको जिम्मेवारी सम्हाले पनि सोही दर्जाका चार निर्देशक खटाइएको हो। सो विभागमा न्यौपानेसँगै यादव घिमिरे, नवराज थापा र रविमान श्रेष्ठलाई खटाइएको छ।
एउटै विभागमा चार कर्मचारी खटाउन सक्ने महानगरपालिकाले न्यौपानेलाई बाहेक अरुलाई काम दिएको छैन। प्राविधिक पदमा कार्यरत निर्देशक रविमानमान श्रेष्ठलाई पनि सोही विभागमा खटाइएको छ। यता प्राविधिक समूहका निर्देशक भैरव बोगटीलाई प्रशासन विभागमा खटाइएको छ।
नेपाल समाचारपत्र दैनिकबाट ।