विदेश

इरानी आणविक विवाद स्वीकार्य छैनः ट्रम्प

इरानी आणविक विवाद स्वीकार्य छैनः ट्रम्प

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको छ । 

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको बैठक र त्यसलगत्तै बसेको सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै सिंगो खाडी क्षेत्रका लागि खतरा बनेको इरानको आणविक कार्यक्रम पूर्ण रुपमा बन्द नहुँदासम्म अमेरिकाले इरान विरुद्ध सख्त आर्थिक प्रतिबन्धहरु लगाइरहने बताएका छन् । 

 

 

 

राष्ट्रपति ट्रम्पले इरानलाई विश्व समुदायबाट एक्ल्याउने अभियान नै सञ्चालन गरेका छन् । छ । उनले इरानसँग भएको आणविक सम्झौता ‘भयानक, र एक पक्षीय’ रहेको भन्दै त्यसलाई कुनै पनि अवस्थामा स्वीकार्न नसकिने बताए । राष्ट्रपति ट्रम्पले तेहरानले खाडी क्षेत्रमा अराजकता र अस्तव्यस्तता फैल्याइरहेको दोषारोपण गरे ।  

 

 

राष्ट्रपति ट्रम्पले इरानी सत्ताले आफ्नो बानी व्यवहारमा सुधार ल्याएको सुनिश्चित गर्न तथा आणविक बम कहिल्यै प्राप्त नगर्ने परिस्थिति निर्माण गर्न विश्वका सबै मुलुकलाई संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पनि आग्रह गरे । 

 

 

सुरक्षा परिषदमा राष्ट्रपति ट्रम्पको सम्बोधन सकिएलगत्तै बोल्नुभएका फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले राष्ट्रपति ट्रम्पको भनाइमा मात्र सत्यता नरहेको टिप्पणी गरेका थिए । 

 

 

राष्ट्रपति माँक्रोले इरानसँग ऐतिहासिक आणविक सम्झौता गर्नुअघि अमेरिका समेत विश्व समुदायले इरान विरुद्ध वर्षौंसम्म प्रतिबन्धहरु लगाएको तर त्यो प्रभावकारी नभएको कुरा भुल्न नहुने बताए । -एजेन्सी

डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ इरान राष्ट्रसंघको सुरक्षा परिषद

विशेष