विदेश

भारतमा यात्रुवाहक रेल दुर्घटना

भारतमा यात्रुवाहक रेल दुर्घटना

भारत । भारतको पूर्वी राज्य विहारको दरभंगा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएकोले दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन् । तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको रेल सेवाका अधिकारीहरुले समाचारमा प्रष्ट पारिएको छ ।

 

बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभंगा जिल्लामा सो रेल दुर्घटना भएको छ । शुक्रबार बिहान सबेरै दरभंगा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको हो । 

 

दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ । दरभंगास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन् । 

 

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ । यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन् २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो । 
 

पूर्वी राज्य विहार दरभंगा जिल्ला रेल दुर्घटना

विशेष