News

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु 

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु 

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

 

 

घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । 

 

 

उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो ।ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । 

 

 

बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए । रासस

बेनी नगरपालिका म्याग्दी

विशेष