विमान समुद्रमा खस्यो, केही घाइते

पपुआ न्यूगिनी । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ ।
प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उक्त दुर्घटना भएको हो ।
विमानमा यात्रु र चालकदलका सदस्य गरी ४७ जना थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एअर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको बताइएको छ । दुर्घटनाको कारणबारे अधिकारीहरुले अनुसन्धान भइरहेको जनाएका छन् । तत्कालै उद्धारकर्मीहरुले समुद्रमा तैरिएको विमानबाट यात्रीलाई उद्धार गरेका थिए । साना डुंगामा राखेर यात्रीलाई बाहिर निकालिएको थियो । –एजेन्सी
विमान दुर्घटना पपुआ न्यूगिनी