News विदेश मनोरञ्जन विचित्र विश्व

चालिस वर्ष अघि गाडिएको शवको पेटबाट रूख उम्रिएपछि 

चालिस वर्ष अघि गाडिएको शवको पेटबाट रूख उम्रिएपछि 

काठमाडौं । ४० वर्ष अघि हत्या भई हराएका एक व्यीक्तको पेटमा भएको फलबाट रूख पलाएपछि शव पत्ता लागेको छ । अह्मेत हर्गुन नाम गरेका ती व्यीक्त सन् १९७४ मा ग्रीक साइप्रियट्स र टर्किस साइप्रियट्यस्बीचको द्वन्द्वको क्रममा मारिएका थिए । तर उनको शरिर वर्षौंसम्म पनि पत्ता लागेको थिएन । उनको शरिरबाट उम्रिएको रूख एक अचम्मको स्थानमा उम्रिदा उनको शव पत्ता लागेको हो । 

 

द्वन्द्वको समयमा अह्मेतसहित अन्य दुई व्यत्तिलाई गुफामा लगिएको थियो । त्यहाँ उनीहरूमाथि विष्फोटक पदार्थ हानेर उनीहरूको हत्या गरियो । त्यो विष्फोटले गुफाको तल्लो भागसम्म ठूलै प्वाल बनाएको थियो । 

 

उक्त द्वन्द्वमा करिब दुई लाख मानिसहरू बेपत्ता भएका थिए । अह्मेतकी ८७ वर्षीय बहिनी मुनुरले भनिन्, ‘हामी यस्तो गाउँमा बस्थ्यौं जहाँको जनसंख्या चार हजार थियो । त्यो पनि आधा ग्रिक र आधा टर्किस । सन् १९७४ मा केही खटपट सुरु भयो । मेरा दाजु अह्मेत टर्किस रेसिस्टेन्स नाम गरेको संस्थामा आबद्ध भए । जुन १० मा ग्रीकहरूले उनलाई लिएर गए । हामीले वर्षौंसम्म उनको खोजी ग¥यौं तर केही लागेन ।’ दाजुको शरिर गाडिएको ठाउँबाट फलको रूख बनेकोबारे आफू अनविज्ञ भएको बताउँछिन् उनी । 

 

सन् २०११ मा एकजना अनुसन्धानकर्ता उक्त रूख देखेर चकित परे । गुफामा उम्रिएको रूख त्यो पनि हिमाली भेगमा जहाँ त्यस्ता रूख बिरलै भेटिन्छन् । यो देखेर उनलाई त्यस रूखबारे अनुसन्धान गर्ने सोच आयो । अनुसन्धान गर्ने क्रममा रूखको वरिपरि खन्ने कार्य हुन थाल्यो । खन्दै जाँदा मान्छेको शव देखिेपपछि उनी तर्सिए । खन्दै जाँदा प्र्रहरिले जम्मा तीनवटा शव भेटेको थियो । 

 

 

अह्मेतको पेटमा भएको फलको दानाबाट उक्त रूख उम्रिएको थियो । मुनुरले भनेअनुसार, उनका दाजु नै थिए जसले फल खाएका थिए । डिएनए परिक्षण गर्दा पनि मुनुरसँग उनको डिएनए मिलेको थियो । अह्मेतले मर्नुु भन्दा अघि फल खाएका थिए । 


 
 

रूख उम्रिएपछि 

विशेष