News फुड स्वास्थ्य

पपकर्न खानुस्, ज्यान घटाउनुस्, यस्ता छन् फाइदा 

पपकर्न खानुस्, ज्यान घटाउनुस्, यस्ता छन् फाइदा 

काठमाडौं । पपकर्न खाएर दुब्लाउने ? सायद यो सुन्दा आश्चार्य लाग्छ सक्छ । स्वास्थविद्हरूका अनुसार दैनिक रूपमा पपकर्न खानुले पाचन प्रणालीलाई सुधार मात्र गर्दैन, केही केजी वजन कम गर्न पनि मद्दत पु-याउँछ । तर, सबै पपकर्न स्वास्थको लागि फाइदाजनक भने हुँदैनन् । बटर, कारामेल र अन्य फ्लेवर राखेर बनाइएको पपकर्न भने स्वास्थको लागि हानिकारक हुन्छ । फिल्म हलहरूमा यस्ता फ्लेवरड् पपकर्न र कोकको प्रशस्त प्रयोग हुने गर्छ । यो राम्रो होइन । 

 

 

पोषणविद्का अनुसार, केही नमिसाइएको सादा पपकर्न सुगर रोगीका लागि राम्रो हुन्छ । यसका साथै वजन घटाउन चाहनेहरूका लागि पनि यो स्वास्थवर्दहक हुन्छ । तर, बटर र अन्य फ्लेवर राखेर तयार गरिएको पपकर्नले भने स्वास्थमा अन्य गडबडी ल्याउन सक्छ । 
माइक्रोवेभमा तयार पारिएको पपकर्न पनि स्वास्थवर्दक नहुने पोषणविद्हरूको भनाई छ । घरमा नुन राखेर सामान्य रूपमा बनाइने पपकर्नमा क्यालोरीको मात्रा कम हुने हुँदा यसले वजन कम गर्नमा मद्दत गर्छ । माइक्रोवेभबाट आउने रेडियसनले स्वास्थमा असर गर्ने पोषणविद्हरूको भनाई छ ।

 

 

पपकर्न १०० प्रतिशत प्रकृतिक अन्नले बनेको हुन्छ जसमा अधिक मात्रामा फाइबर पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार्नुका साथै, आन्द्रा भुँडीको गतिलाई चलायमान राख्छ र कब्जियतलाई नियन्त्रण गर्छ । पपकर्नमा क्यालोरीको मात्रा एकदमै न्यून हून्छ । प्रति व्यक्तिले ३ कप पपकर्न खाँदा १०० मात्र क्यालोरी प्राप्त गर्छ । जुन एकदमै कम हो । त्यसमा ४ ग्राम फाइबर र ४ ग्राम प्रोटिन पनि हुन्छ ।

 

 

पपकर्नमा हुने ‘पोलिफेनोल्स’ नाम गरेको तत्वले मुटु रोग र क्यान्सरको खतराबाट बचाउँछ । पपकर्न दैनिक रूपमा सजिलै उपलब्ध गराइन सक्ने खानेकुरा हो । त्यसकारण यसलाई माइक्रोवेभको प्रयोग बिना नै सामान्य रूपमा तयार पारेर खाँदा यसबाट बढी भन्दा बढी लाभ लिन सकिन्छ । माइक्रोवेभबाट बनाएको पपकर्न अन्य तयारी खानेकुरा भन्दा कम हानिकारक हुँदैन ।     

पपकर्न

विशेष