News

गाउँपालिका अध्यक्षका भाइद्वारा वडा अध्यक्ष कुटिए

गाउँपालिका अध्यक्षका भाइद्वारा वडा अध्यक्ष कुटिए

रुकुम पश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २ का अध्यक्षलाई गाउँपालिका अध्यक्षका भाइले कुटेका छन् । 

 

 

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका भाइ टोपबहादुर घर्ती र बाँदरपानी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष खेलबहादुर बुढाथोकीले आफूमाथि कुटपिट गरेको वडा नम्बर २ का वडाअध्यक्ष शोभाराम बोहराले बताए ।

 

 

शुक्रबार बिहान खानेपानीको विवाद सुल्झाउन वडाध्यक्ष सक्रिय रहेको भन्दै कुटपिट गरिएको वडाध्यक्ष बोहराले बताए । कुटपिटपछि वडा अध्यक्ष बोहराले दोषीलाई कारबाहीको र सुरक्षाको माग गर्दै प्रहरी चौकीमा निवेदन दिएका छन् ।

 

 

प्रहरी चौकी सिम्रुतुका इन्चार्ज टंक भट्टराईका अनुसार वडा अध्यक्षबाट सुरक्षा र कारबाहीको माग गर्दै निवेदन आएकोले दुवै पक्षलाई सम्पर्कमा ल्याएर गाउँपालिका अध्यक्षको रहोबरमा छलफल गरिने छ । 

फोटो-त्रिवेणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शोभाराम बोहोरा

 

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका शोभाराम बोहरा

विशेष