News

अामासँग लिभिङ टुगेदर, छाेरीलाई बलात्कार

अामासँग लिभिङ टुगेदर, छाेरीलाई  बलात्कार

काठमाडाैं । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । 
 

उनको गुजारा यसै गरी चलेको थियो । 
 

धोबीघाटामा ३० बर्षीया मन्थली ( नाम परिवर्तन)ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । 
 

लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । 
 

श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । 
 

त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । 
यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । 

उनको साथमा छोरीसमेत थिइन् । 

सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे । 

मन्थलीले खुसीको दिन आएजस्तो महशुस गर्न थालिन् । 
 

झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलार्य नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल (नाम परिवर्तन् ) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । 

समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो । 

एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । 
रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् । 

भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन ।
परिसरमै छोरीलाई खाकमा राखेर माया साटिन् । 

तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन । 
छोरीले सौताने बाबुको दुब्र्यबहार र  मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् । 

होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् । 

उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् । 

कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् ।

 नेपाल समाचारपत्र दैनिकबाट ।  
 

विशेष