विदेश

अवैध तरिकाले अमेरिका जान लागेका ९ हजार भारतीय पक्राउ

अवैध तरिकाले अमेरिका जान लागेका ९ हजार भारतीय पक्राउ

काठमाडौं । अवैध ढंगले अमेरिकी सीमा पार गर्ने कोशिस गरेका ९ हजार भारतीय नागरिक पक्राउ परेका छन् । यो संख्या तीन गुणाले बढेको अमेरिकाले जनाएको छ ।

 

 

अमेरिकी कष्टम र सीमा सुरक्षा विभागले शुक्रबार दिएको जानकारी अनुसार, तस्करहरुले मेक्सिकोको सीमाबाट अमेरिका लैजाने क्रममा उनीहरु गिरफ्तार भएका हुन । उनीहरुले २५ हजार देखि ५० हजार अमेरिकी डलर लिएर अवैधरुपमा अमेरिका लैजाने गरेको विभागले जनाएको छ ।

 

 

विभागका प्रवक्ताका अनुसार, ३० सेप्टेम्बरसम्म करिब ९ हजार अवैध अप्रवासी भारतीयहरु गिरफ्तार भएका हुन । गत वर्ष यसरी गिरफ्तार हुनेको संख्या ३ हजार १ सय ६२ रहेको थियो ।

 

 

विभागका प्रवक्ता जमोराका अनुसार, यो वर्ष अवैधरुपमा अमेरिका पस्न खोजेका ४ हजार जना क्यालिफोर्नियासँग जोडिएको ३ किलोमिटर लामो सीमा फेन्समा घुसपैठ गरेका थिए ।

 

 

अप्रवासीहरुको अधिकारका लागि लड्दै आएका अधिवक्ताका अनुसार, अमेरिकामा शरण लिन खोज्ने भारतीयहरुमा अधिकांश तल्लो जातिका या अन्तर्जातीय विवाहका कारण ज्यानको धम्की पाएका बढी छन् ।

अमेरिकी सीमा भारतीय नागरिक पक्राउ

विशेष