News

अनुमति बिना डिजे डान्स पार्टी गरेकोले प्रहरीद्वारा बन्द

अनुमति बिना डिजे डान्स पार्टी गरेकोले प्रहरीद्वारा बन्द

काठमाडौं । द मल्ल होटलमा आयोजित ‘दि नेपाल डिस्टीलरी’बाट उत्पादन हुने खुकुरी रमले स्पोन्सर गरेको डिजे डान्स पार्टी अनुमति बिना सञ्चालन गरेको भन्दै शनिबार साँझ महानगरीय प्रहरी वृत, दरबारमार्गले बन्द गरेको हो । 

 

साँझ कार्यक्रम सञ्चालन हुनै लाग्दा दरबारमार्गबाट खटिएको एक प्रहरी टोली मल्ल होटल पुगेको थियो,’ वृतका प्रमुख डिएसपी दाबहादुर मल्लले भने, ‘त्यहाँ गएर बुझ्दा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट कतैबाट पनि अनुमति लिएको देखिएन, त्यसैले बन्द गरेका हौं ।’

 

केही समयअघि दरबारमार्ग स्थित ‘क्लब डेजाभु’ मा तोडफोड समेत भएको थियो । सो घटनालाई मध्यनजर गर्दै कुनै पनि पार्टी गर्नुअघि सम्बन्धित ठाउँबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने डिएसपी मल्ल बताउँछन् । कुनै पनि डिजे डान्स पार्टी सञ्चालन गर्नुअघि सिडिओ कार्यालय र काठमाडौं परिसरबाट अनुमति लिनुपर्ने हुन्छ । 

 

विश्वबिख्यात डिजेको सुचीमा अगाडि आईरहेका मार्समेलोको  ‘क्लब डेजाभु’ मा ७ बजेदेखी हुने भनिएको लाईभ प्रस्तुतीमा उनी उपस्थिती नभएपछि उपस्थित दर्शकले तोडफोड गरेका थिए ।
 

द मल्ल होटल ‘दि नेपाल डिस्टीलरी’ अनुमति बिना डिजे डान्स पार्टी प्रहरीद्वारा बन्द गरियाे

विशेष