News

सशस्त्र प्रहरीको सहकार्य र रायको संयोजकत्वमा ‘विपद व्यवस्थापन’ तालिम सम्पन्न

सशस्त्र प्रहरीको सहकार्य र रायको संयोजकत्वमा ‘विपद व्यवस्थापन’ तालिम सम्पन्न

सप्तरी । बदलिँदो मौसमले गर्दा प्राकृतिक प्रकोपको कारण जोखिम बढ्दै गएकोले ‘भोलेन्टियर्स कोर नेपाल’ले सप्तरीमा दुई दिने ‘विपद व्यवस्थापन’को तालिम दिएको छ । शनिबार सो तालिमको समापन कार्यक्रम प्रमुख अतिथि समाजिक विकासमन्त्री माननिय नवल किशोर साहबाट भयो । 

 

‘भोलेन्टियर्स कोर नेपाल’द्वारा सप्तरीमा समाजिक अभियन्ता सरोज रायको नेतृत्वमा ‘विपद व्यवस्थापन’लगायत अन्य समाजिक कार्यको लागि ४३ सदस्य भोलेन्टियर्स टिम बनाइयाे ।

 साथै, उक्त टिमलाई रायको संयोजकत्वमा र सशस्त्र प्रहरी बलको ‘विपद व्यवस्थापन’को तालिम प्राप्त प्रहरी निरीक्षक उत्तम बस्नेतको सहयोगमा हनुमाननगर कंकालनी नगरपालिकामा सैद्धान्तिक र प्रयोगात्मक गरी तालिम सम्पन्न भएको छ । 

 

कार्यक्रमा मन्त्री साहले विपद् पिडीतलाई राहत भन्दा पनि यस्ता तालिमको आवश्यकता रहेको बताए । संस्थाको अध्यक्ष चापागांईले आफुहरूले स्वंमसेवक दस्ता बनाउन शुरूवात सप्तरीबाट गरेको र यस्तै दस्ता सबै जिल्लामा बनाइने जानकारी दिए । विदेशी पाहुना केडिनले ट्रेनिंगमा सहभागीहरूको उत्साह देखेर आफु पनि धेरै उत्साहित भएको बताए । 

संस्थाको अध्यक्ष दिपक चापागांईको अध्यक्षता तालीम गराइएको हो । तालीममा प्रशिक्षणका लागि तिलाठी कोईलाडी गाउँपालिकाको मेयर सतिश सिंह, क्यालिफोर्निया लाईन्स क्लबको डिसट्रिक्ट गभर्नर राजन थापा, सिडीआरटी क्यालिफोर्नियाको डाईरेक्टर केडिन, शान्ता रोजा कास्टमण्डप लाइन्स कल्ब क्यालिफोर्नियाको प्रेसिडेन्ट नारायण सोमनाम, विसीएनको अन्तराष्ट्रिय भोलेन्टियर्स डिकेन्द्र मास्के, विसीएनको उपाध्यक्ष राधा मतांगे, कोषाध्यक्ष अन्नत गौतमहरू रहेका थिए । 

 

आपतविपदको लागि भनेर Saptari Disaster Response Team (SDRT)को गठन गरिएको छ । सप्तरीको संयोजकमा राजविराज नगरपालिकाको लागि मुकेश चौधरीलाई चयन गरिएको छ । स्वयमसेवकहरुको चार वटा समुह बनाइएको छ जसमा अनिल साह, कमल किशोर साह, गजेन्द्र कुमार मण्डल र दुर्गा नन्द रायलाई आ–आफ्नो समुहको टिम लिडर चयन गरिएको घोषणा रायले गरेको छन् ।

कार्यक्रमको अन्त्यमा सबै स्वयमसेवकलाई मन्त्री साहलगायत उपस्थिती अतिथिको हातबाट प्रशंसापत्र वितरण गरियो । दुई दिने तालिममा हनुमाननगर कंकालनी नगरपालिकाको तर्फबाट खानपिनको व्यवस्था गरिएको थियो, भने सशस्त्र प्रहरीको तर्फबाट रबर बोट वितरण गरियो ।

सशस्त्र प्रहरी बल ‘भोलेन्टियर्स कोर नेपाल’ ‘विपद व्यवस्थापन’ दुई दिने तालिम

विशेष