संसदीय निर्वाचनका लागि कुर्दिस सुरक्षाकर्मीले मतदान गर्ने

बग्दाद । उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका लागि योग्य भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार विहान ७ बजेदेखि मतदान सुरु भएको क्षेत्रीय स्वतन्त्र उच्च निर्वाचन र जनमत संग्रह आयोगका प्रवक्ता शेरवान जारारले जानकारी दिए । मतदान बेलुका ६ बजेसम्म चल्ने जनाइएको छ । तीन प्रदेशमा ९३ मतदान केन्द्रहरु तोकिएका छन् । अहिले एर्बिल, सुलाइमानीयाह र डोहुक क्षेत्रमा निर्वाचन भएको हो ।