News

बम बिस्फोट गराउने भूमिगत गोइत समूहका तीन जना पक्राउ

बम बिस्फोट गराउने भूमिगत गोइत समूहका तीन जना पक्राउ

काठमाडौं । विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने भूमिगत राष्ट्रिय मुक्ति मोर्चा ‘जयकृष्ण गोइत’ समूहका तीन जना उक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले शनिबार राती पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा मोरङ जहदाका मनोज सिंह, सिरहाका अभिमन्यू गिरी र रामरिझन यादव रहेका  प्रदेश एकका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जानकारी दिए । 

 

तिनै जनालाई नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह विराटनगर र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको उनले बताए । विराटनगर महानगरपालिकामा गत साउन २७ गते बम बिस्फोट गराइएको थियो।

 

बिस्फोट गराइएको क्षेत्रमा गोइत समूहको पर्चा फेला परेको थियो। बिस्फोटमा महानगरपालिकाका मेयर भीम पराजुली चढ्ने गरेको को१झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको थियो। मेयर पराजुलीको कार्यकक्षबाहिर बिस्फोट गराइएको थियो। बिस्फोटमा मानवीय क्षति भएको थिएन। 

 

बिस्फोटस्थलमा प्रेसर कुकर ह्यान्डिल फेला परेको थियो। बिस्फोट गराउन आएकामध्ये तीन जना पक्राउ परेका थिए । रिजालका अनुसार गोइतले तराईका जिल्लामा भूमिगत संगठन विस्तार गरी आपराधिक गतिविधि गराइरहेका छन्। 

विराटनगर महानगरपालिका बम बिस्फोट जयकृष्ण गोइत

विशेष