News

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छः उपनेता गच्छदार

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छः उपनेता गच्छदार

विराटनगर । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । 

 

 


विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएकोसमेत बताए ।  

 

 

नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए । 

 

 

देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उनले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

 

 

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली कांग्रेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे । 

 

 

अर्को फरक प्रसङ्गमा उनले नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी संगठनबाट शुरुवात भएको बताउँदै आगामी दशैं अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे । 

नेपाली काँग्रेस संसदीय दल विजयकुमार गच्छदार

विशेष