News

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालमा नयाँ कार्यसमिति चयन 

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालमा नयाँ कार्यसमिति चयन 

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालको २४ औं वार्षिक साधारण सभाले शुक्रबार नयाँ कार्यसमिति चयन गरेको छ । सो एशोसिएशनले भरत रानाभाटको अध्यक्षतामा १० सदस्यीय गठन गरेको छ ।

 

कार्यसमितको उपाध्यक्षमा टंक प्रसाद गौतम, महासचिवमा धर्र्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा गुणनिधि भुसाल रहेका छन् । त्यस्तै समितिका सदस्यहरुमा रमणदेव पन्त, सञ्जिला अर्याल, फडिन्द्र ढकाल, सन्दिप चाचान (अग्रवाल) र सुमन गौतम चयन भएका छन् । नयाँ कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् ।

 

अध्यक्ष रानाभाट स्टक ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुन् । रानाभाट दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् । यस अघि प्रियराज रेग्मीले दुई कार्यकालसम्म स्टक ब्रोकर एशोसिएशन अफ नेपालको जिम्मेवारी सम्हालेका थिए ।

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल २४ औं वार्षिक साधारण सभा

विशेष