शेयर

साताको पहिलो दिन नै शेयर बजार दोहोरो अंकले घट्यो

साताको पहिलो दिन नै शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अंकले ओरालो लागेको हो । 

 

 

नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ । 

 

 

कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन् । आइतबार व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । 

 

 


व्यापार १.८६ बिन्दुले बढ्दा बैंकिङ ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत् १.१३, फाइनान्स ३.४६, निर्जीवन ५८.२८, उत्पादन ३५.२६,अन्य ५.०६, माइक्रोफाइनान्स १५.७ र जीवन बीमा १९.०१ बिन्दुले घटेको छ । 

धितोपत्र बजार शेयर

विशेष