मुखुण्डो र चस्मा लगाएको एक समूहद्वारा मालपोत तोडफोड

मुखुण्डो र चस्मा लगाएको एक समूहद्वारा मालपोत तोडफोड

हेटौँडा । थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । 

 

पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् । 

 

कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए ।

 

करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताए । घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइ रहेको प्रहरी प्रमुख धु्रवप्रसाद शिलवालले बताए ।
 

हेटौंडा मालपोत कार्यालय तोडफोड थाहा नगरपालिका

संम्बधित खबर

विशेष