कैदीहरूले कारागारभित्र निशुल्क एचआईभी परीक्षण गराए
बर्दिया । ‘परिवर्तनका लागि हामी’ नामक संस्थाको आयोजना र ‘सहयोगी हात नेपाल’को सहजीकरणमा बर्दिया जिल्लाका कैदीबन्दीहरूले कारागार भित्रै निशुल्क रुपमा एचआईभी परीक्षण गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियासंग अनुमति लिइ एचआईभि परीक्षण गरिएको हो । कुनै पनि संघसस्थाको ध्यान कारागारमा वन्दी जीवन बिताईरहेका कैदीबन्दी तर्फ कमै जानेगरेकाले संस्थाले सो काम गरेको ल्याव टेक्निसीयन मनोज अधिकारीले बताए ।
कारागारमा बन्दी जीवन विताई रहेका कैदीबन्दीहरूले पनि आफ्नो स्वास्थ्यको वारेमा जानकारी पाउन भन्ने उद्धेश्यले कार्यक्रम कारागारमा संचालन गरिएको टेक्निसीयन अधिकारीले बताए ।
१ सय २१ जना पुरुष र १३ जना महिला गरी १ सय ३४ जनाले रक्त परीक्षणबाट कारागार भित्रनै एचआईभी परीक्षण गराएको आयोजकले जनाएको छ । जिल्ला कारागार गुलरियामा २ सय २५ पुरुष, १३ महिला र १ नावालक गरी २ सय ३९ जना कैदीबन्दी रहेको निमित्त जेलर नारायण प्रसाद पोखरेलले बताए । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको ल्याव टेक्निसीयनले जानकारी गराएका छन् ।
कैदीबन्दीहरूले कारागार भित्रै निशुल्क एचआईभी परीक्षण गरिए