त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतारी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरको उडान मार्फत दोहा जान लागेको बेला एक कतारी नागरिकलाई प्रहरीले नगद रकमसहित पक्राउ गरेको छ ।
कालो ह्याण्ड ब्यागमा अवैध नेपाली रकम १६ लाख २५ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिए । ०१४३५८९३ नम्बरको राहदानी भएका ३९ वर्षीय कतारी नागरिक मोहम्द इसामाट साकुर्तीलाई पक्राउ गरेका हुन । अहिलेसम्म अन्य स्रोत नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कतारी नागरिक नगद रकमसहित पक्राउ